काठमाडौं । उपकुलपति प्रा.डा केशरजंग बरालको राजीनामापछि त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीलाई तोकिएको छ।
त्रिवि कुलपति प्रधानमन्त्री केपी ओलीले निम्तिको जिम्मा प्रा.डा केसीलाई दिएका हुन्। अर्को व्यवस्था नहुँदासम्मको लागि केसीले निमित्तको रुपमा काम गर्नेछन्। ओलीले निमित्तको जिम्मेवारी दिएपछि मंगलबार साँझ केसीले कार्यभार सम्हाल्दै छन्।
त्रिवि प्रवक्ता यमनसिंह बोहराले तीन महिनासम्मको लागि निमित्त दिने कानुनी व्यवस्थाअनुसार शिक्षाध्यक्षलाई प्रधानमन्त्रीले जिम्मेवारी दिएको बताए। प्रधानमन्त्री ओलीको दबाब र हेपाईका कारण प्रा.डा बरालले १५ चैतमा राजीनामा दिएका थिए। गत शुक्रबार मात्रै ओलीले प्राडा बरालको राजीनामापत्र स्वीकृति गरेका थिए।