काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने बचन दिएपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने समझदारी भएको थियो। गभर्नर बन्नका लागि कार्यकारी पदमा रहनेरनरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएका हुन् ।