काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
संसदीय दलको कार्यालयमा बैठक सकेर निस्केपछि उनीहरुले पम्प्लेट लिएर प्रदर्शन गरेका थिए । सुरुमा दलको कार्यालयमा काम छ भनी छिरेका उनीहरू केहीबेरमा प्रदर्शन गर्दै निस्केपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरू पक्राउ परिसकेको र आफूहरूले बिजुलीबजारमा प्रदर्शन जारी राखेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए ।