काठमाडौं । आज नेप्से परिसूचकमा ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा आएको छ । आज ८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
आज ८ वटा समूहका सूचक बढेका छन् । यस दिन ३ सय १९ कम्पनीको २ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५३ करोड ९९ सय लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र एचआइडीसीएल कम्पनी परेका छन् ।