काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशलमव ५२ अंकले घटेर बजार २६ सय ६९ दशमलव ९३ को बिन्दुमा कायम भएको हो ।
आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज दिनभरिमा ३१६ कम्पनीको २ करोड २९ लाख २० हजार २ सय २५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ६४ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ५१ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी, माउन्टेन इनर्जी नेपालको ५९ करोड ६८ लाख आसपास रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्री कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।