काठमाडौं । साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ०४ अंकले बढेर २,६८८ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ४२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ८ दशलमव ११ प्रतिशतका दरले कमाएका छन् । फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशलमव ०६ प्रतिशतका दरले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले ६ दशलमव ५३ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।