काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्।”
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताउनुभयो। छलफलमा उहाँहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बिच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गर्नुभएको थियो।
छलफलका क्रममा उहाँहरूले घटनाको छानविन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिनुभयो।
प्रधानमन्त्रीकै पहलमा भएको छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, गृहसचिव, प्रधानमन्त्री कार्यालयको तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव र सुरक्षा अंगका प्रमुखहरू उपस्थित हुनुहुन्थ्यो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण…
काठमाडौं । इटालीमा जागिरका लागि पठाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका…
काठमाडौं । फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक जापान भ्रमण सम्पन्न गरी आज नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, February 5
ताजा :
- भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
- समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
- घट्यो महँगी
- प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूचीबाट ७६ जनाकाे नाम हटाइयाे
- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन : प्रचण्ड
- राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ जारी, नयाँ व्यवस्था कार्यान्वयनमा
- चिति सेवा समाजको १५औं वार्षिक साधारण सभा सम्पन्न
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
