काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्।”
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताउनुभयो। छलफलमा उहाँहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बिच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गर्नुभएको थियो।
छलफलका क्रममा उहाँहरूले घटनाको छानविन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिनुभयो।
प्रधानमन्त्रीकै पहलमा भएको छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, गृहसचिव, प्रधानमन्त्री कार्यालयको तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव र सुरक्षा अंगका प्रमुखहरू उपस्थित हुनुहुन्थ्यो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । ४७५ जना कर्मचारीको सरुवा गरिएको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका…
काठमाडौं । एमाले मतदान स्थगित भएको छ । बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने…
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी…
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, December 16
ताजा :
- ४७५ कर्मचारीको सरुवा, को कहाँ ?
- एमाले महाधिवेशनः मतदान स्थगित, बुधबार ८ बजेबाट हुने
- एमाले महाधिवेशनः मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म
- एमाले महाधिवेशनः २ जनाको उम्मेदवारी खारेज, १४ को फिर्ता र ११ केन्द्रीय सदस्य सर्वसम्मत
- पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग
- ५ महिनामा ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन
- डलर हालसम्मकै उच्च विन्दुमा
- एमाले ११औँ महाधिवेशनः निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने
- चाइनाको जिन्युसहित ११ कम्पनी कालोसूचीमा
- एमाले महाधिवेशनः यी हुन् केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचितहरु
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
