काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै साउन ११देखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो ।