काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद र जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाको जरिवाना तोकिएको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले मेयर थापा, अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिनाको माध्यमबाट भ्रष्टाचार गरेको ठहर गरेको थियो।
सजाय आज सुनाइएको हो। अदालतले तीनैजनाबाट जरिवाना असुल्ने र जनही ८ वर्ष कैद हुने फैसला सुनाएको छ।