काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ५ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर ५ हजार १५० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

