काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न माग गरेको छ ।
नेपाल आयल निगमले आइतबार रातिबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रूपैयाँ मूल्यवृद्धि गरेको थियो । महासंघका महासचिव डेकनाथ गौतमले आइतबार एक विज्ञप्ति निकाल्दै एकाएक भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष मार परेको उल्लेख छ ।
महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन अनुसार वृद्धि गर्न माग गरेको छ । सवारी साधनसँग सम्बन्धित १३ सूचकका आधारमा मानी संघीय रुट र सातै प्रदेशका रुटको भाडा यथाशीघ्र समायोजन गर्न महासंघको माग छ ।

