आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले आज बिहान ११ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुई प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता हुने तालिका छ। त्यसलगत्तै दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
द्विपक्षीय वार्तापछि विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवा भोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्।
दिवा भोजपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह आजै साँझ भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ।

