काठमाडौं । भारतका विदेशमन्त्री डा. एस. जयशंकर र नेपालका प्रधानमन्त्री वालेन्द्र शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो ।
भेटका क्रममा दुई देशबीचको यातायात तथा पूर्वाधार सम्पर्क विस्तार, व्यापार, पारवहन, वाणिज्य र ऊर्जा क्षेत्रको सहकार्यलाई प्राथमिकताका साथ उठाइएको थियो । यस्तै, संस्कृति, शिक्षा र नागरिकस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको छ ।
नेपाल–भारतबीचको विद्यमान सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारतमा छन् ।

