प्रधानमन्त्री शाहले सोमबार राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको हो। सो अवसरमा उहाँले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श तथा अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो।
उहाँले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको आफ्नो दृढ प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएको हो। भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

