काठमाडौं । भारत सरकारले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहयोग घोषणा गरेका हुन् ।
प्रधानमन्त्री मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि भारतको साथ र सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास साझेदारीलाई अघि बढाउने उद्देश्यले भारतले उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।
प्रधानमन्त्री मोदीले नेपालसँगको सहकार्य र विकास साझेदारीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

