काठमाडौं । प्रचलित कानूनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने लक्ष्य सहित तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०८० सार्वजनिक गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्ययोजनाको प्रमुख उद्देश्य भन्नु नै प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने भएकोले सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वामित्व लिई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने बताए ।
कार्ययोजनाले समयानुकूल सांगठनिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले अहोरात्र जनताको जीउधनको सुरक्षामा खटिनुपर्ने जिम्मेवारी बहन गर्न उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरूबाट मात्र सम्भव भएकोले आन्तरिक शुद्धिकरण, वैज्ञानिक र विशिष्टिकृत अपराध अनुसन्धान प्रणाली, प्रहरी कर्मचारीका आधारभूत आवश्यकताहरूको परिपूर्ति, वृत्ति विकास र कल्याणकारी योजनाहरू यस कार्ययोजनाको मुख्य लक्ष्यमा परेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी कार्ययोजना–२०७९ को समिक्षा, नेपाल प्रहरी कार्ययोजना–२०८०को कार्यान्वयन प्रकृया एवम् कार्ययोजनाका बेन्चमार्क गतिविधिहरू सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधि, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
रुकुमपश्चिम । बाँफिकोट गाउँपालिका–७ लिस्ने भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।…
काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित एक जना नेपाली र…
काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलका कागजात अध्ययन…
काठमाडौं । पछिल्लो समय नेपालमा नगदरहित कारोबारको दायरा तीव्र गतिमा विस्तार भइरहेको छ। दैनिक उपभोग्य…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, October 24
ताजा :
- रुकुमपश्चिममा जिप दुर्घटना, ७ जनाको मृत्यु
- स्वयम्भूबाट स्रोत नखुलेको ७० लाख रुपैयाँसहित दुई जना पक्राउ
- १५ नयाँ दल दर्ता प्रक्रियामा, आयोगले कागजात अध्ययन गर्दै
- डिजिटल कारोबारमा तीव्र वृद्धि : मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८२ लाख नाघे
- माइतीघरमा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली : सामूहिक भाइटीका
- तिहारको मुख्य दिन: भाइटीका मनाइँदै
- निर्वाचन सम्पन्न गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री
- भ्रष्टाचारीमाथि कारबाही नगरिए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी
- जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा
- विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
