काठमाडौं । प्रचलित कानूनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने लक्ष्य सहित तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०८० सार्वजनिक गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्ययोजनाको प्रमुख उद्देश्य भन्नु नै प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने भएकोले सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वामित्व लिई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने बताए ।
कार्ययोजनाले समयानुकूल सांगठनिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले अहोरात्र जनताको जीउधनको सुरक्षामा खटिनुपर्ने जिम्मेवारी बहन गर्न उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरूबाट मात्र सम्भव भएकोले आन्तरिक शुद्धिकरण, वैज्ञानिक र विशिष्टिकृत अपराध अनुसन्धान प्रणाली, प्रहरी कर्मचारीका आधारभूत आवश्यकताहरूको परिपूर्ति, वृत्ति विकास र कल्याणकारी योजनाहरू यस कार्ययोजनाको मुख्य लक्ष्यमा परेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी कार्ययोजना–२०७९ को समिक्षा, नेपाल प्रहरी कार्ययोजना–२०८०को कार्यान्वयन प्रकृया एवम् कार्ययोजनाका बेन्चमार्क गतिविधिहरू सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधि, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखि…
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले पाउने जिम्मेवारी पार्टीको केन्द्रीय कमिटीले तय गर्ने…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 15
ताजा :
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- एमालेमा जिम्मेवारी केन्द्रीय कमिटीले तय गर्छ : पूर्वराष्ट्रपति भण्डारी
- गुप्ताको राजीनामापछि प्रधानमन्त्री ओली आजै नयाँ मन्त्री नियुक्त गर्ने तयारीमा
- नेप्से ३४ अंकले उकालो, कारोबार ९ अर्ब नाघ्यो
- सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
- ७८ लाख घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताको राजीनामा
- मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा ल्याइने छः प्रधानमन्त्री
- ४२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
- बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन
- मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड)काे प्रगति८६ प्रतिशत मात्रै
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित