काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिट हेर्न नभ्याइनेमा परेको छ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईकाअनुसार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो । डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका छन् ।
सरकार निर्माणमा सभामुखको संलग्नता रहेको र त्यो संविधानविरुद्ध भएको भन्दै नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रिट दायर गराएका थिए ।