काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरी स्वीकार गरी प्रतिनिधिसभामा सम्बोधन गर्ने सहमतिपछि नेकपा एमालेले सदनमा अवराेध नगर्ने भएकाे छ ।
साेमवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्नुभएकाे छलफलमा याे सहमति जुटेकाे हाे । छलफलमा प्रधानमन्त्रीले कमजाेरी स्वीकार गरी संसदमा सम्बाेधन गर्ने सहमतिपछि एमाले सदन खुलाउन तयार भएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डले गएकाे असार १८ गते एक पुस्तक विमाेचन कार्यक्रममा दिएकाे अभिव्यक्तिलाई लिएर एमालेले संसदमा अवराेध गर्दै आएकाे थियाे ।