काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा जारी अवरोध खुलाउनका लागि सत्ता पक्ष र प्रमुख प्रतपक्षी दलहरुबीच छलफल हुनुपर्ने बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा सभामुख घिमिरेले सम्वादमार्फत् नै समस्या समाधान हुने भएकाले सदन अवरोध खुलाउनका लागि पनि सत्ता र विपक्षी दलबीच छलफल हुनुपर्ने बताए।
सभामुख घिमिरेले सदन खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। प्रधानमन्त्रीसँगको भेटमा सभामुख घिमिरेले दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति नरहेको बताए। सभामुख घिमिरेले संसदीय समितिहरुको नेतृत्व चयन हुन नसकेको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।