काठमाडौं । बाँकेस्थित पूर्व–पश्चिम राजमार्गमा शक्तिशाली बम विस्फोट भएको छ। द्वन्द्वकालीन मानिएको उक्त बम विस्फोटबाट राजमार्गमा ठूलो खाड परेको छ ।
उक्त विस्फोटबाट बाँकेको सोनारी– ९, ढकेरीबाट तीन किलोमिटर पूर्वस्थित राजमार्गमा भएको हो । माओवादीले चलाएको द्वन्द्वकालमा बिच्छ्याइएको हुन सक्ने अनुमान गरिएको उक्त बम विस्फोटबाट मानवीय क्षति भएको छैन।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले मध्यराति नै उक्त बम विस्फोट भएको खुलेको छ। डाँगीका अनुसार बस्तीभन्दा परको खाली ठाउँमा रातको समयमा विस्फोट भएकाले अन्य क्षति भएको छैन। उक्त बम विस्फोट भएको स्थानमा नेपाली सेना र प्रहरीको टोलीले पुगेर अनुसन्धान गरेको थियो।