काठमाडौं । सरकारले हालै दर्ता गरेको शिक्षा विधेयकको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेका शिक्षकहरुलाई वार्तामा बोलाएको छ।
सरकारले एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको हो।
सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ।