काठमाडौं । आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ क्रिकेट विश्वकपका लागि नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा पाकिस्तान, न्यूजिल्यान्ड र अफगानिस्तान पनि रहेका छन् ।
यू–१९ विश्वकप आगामी जनवरी १३ बाट फेब्रुअरी ४ तारिखसम्म आयोजना हुनेछ । समूह चरणमा नेपालले पहिलो खेल न्यूजिल्यान्डविरुद्ध जनवरी १३ मा खेल्नेछ ।
नेपालले दोस्रो खेल पाकिस्तानविरुद्ध जनवरी १७ तथा समूह चरणको अन्तिम खेल जनवरी २० मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ । समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेका छन् भने समुह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे र नामिबिया रहेका छन् ।