काठमाडौं । स्व.डा. हर्क गुरुङको १७ औं स्मृति दिवस मनाइएको छ । मस्र्याङ्दी गा.पा ८ ताङ्लीचोकमा श्रद्धाञ्जली सभाको आयोजना गरी स्मृति दिवस मनाइएको हो । कार्यक्रममा सविंधान सभा सदस्य जमिन्द्रमान घले, गाउँपालिकाका अध्यक्ष अर्जन गुरुङ लगायतले स्व.डा.हर्क गुरुङको योगदानको चर्चा गरेका थिए ।