काठमाडौं । सत्ता घटक दलका प्रतिनिधिले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशको ‘ड्राफ्ट’ तय गरेका छन्। अब प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर टुंगो लगाइने भएको छ।
६१ केजी सुन तस्करी प्रकरणमा एमालेले संसद अवरुद्ध गरेपछि यसअघि दलहरुबीच ५ असोजभित्र उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सहमति भएको थियो।
सोही अनुरुप ड्राफ्ट तय गरिएको हो। कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको कार्यकक्षमा एमाले बाहेकका दलहरुबीचको छलफलपछि आयोगको ड्राफ्ट बनेको हो। एमलेसँग छलफलपछि पूर्णता दिएर आजै आयोग गठन गर्ने तयारी छ।
सरकारका प्रतिनिधि र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच छलफलपछि आयोग गठनको टुंगो लाग्ने छ।