काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति राख्दै राहत शिक्षकहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिएका हुन्। सोमबार पनि शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे।
बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको उनीहरुको भनाई छ।