काठमाडौं । लमजुङ अस्पतालमा बिहीबारबाट स्वास्थ्यका सबै सेवा सूचारु भएको छ । नेपाल चिकित्कसक संघ गण्डकी प्रदेशको आह्वानमा बुधबार गण्डकी प्रदेशका सरकारी अस्पतालमा आकस्मिक सेवा बन्द गरिएको थियो । लमजुङ अस्पतालले बिहीबारबाट सबै सेवा सुचारु गरेको हो ।
संघको आह्वानमा बुधबार लमजुङ अस्पतालमा आकस्मिकबाहेकका सवै सेवा बन्द गरिएको थियो । लमजुङ अस्पताल लमजुङका मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले अस्पताल बन्द गरिएका कारण नागरिकहरु फर्किनु परेकाले अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको बताए ।
मणिपाल अस्पताल र लमजुङ अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा बुधबार गण्डकी प्रदेश भरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएका थिए ।