काठमाडौं । बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ४.९ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। निरन्तर पराकम्पन जान थालेपछि स्थानीयहरू घर छाडेर बाहिर निस्किएका छन्। क्षतिको विवरण भने आउन बाँकी रहेको छ।
यसैबीच काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । मंगलवार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । करिब ३/४ सेकेन्डसम्म धक्का महसुस भएको थियो ।