काठमाडौं । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीको बढुवा भएको छ। एसियन गेम्समा विश्वकिर्तिमानी राखेका ऐरीको प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएको हो।
प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप ऐरीलाई विशेष बढुवा दिएको बताए।
ऐरी नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत हुन्। यसअघि प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले विश्व रेकर्ड राख्न सफल भएको भन्दै ऐरीलाई बधाइ समेत दिएका थिए।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएर आज नेपाल फर्किएका ऐरीले रेकर्ड तोड्न पाउँदा खुसी लागेको बताएका थिए। उनले आगामी खेलमा झनै राम्रो गर्ने बताएका थिए।