काठमाडौं । ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरु १५ जनालाई थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ।
सुन तस्करी प्रकणमा प्रहरीले प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो भने ३ जना फरार छन्। पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन्।