काठमाडौं । गोरखाको पालुम्टार नगरपालिका पण्डित गाउँमा बसोबास गरी हाल चितवन भरतपुर महानगरपालिकाभित्र बसोबास गर्दै आएका देवकोटा बन्धुहरुको एक भेला सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ३ मा शनिबार उक्त भेला सम्पन्न भएको हो । भेलाले चेतनाथ देवकोटाको संरक्षकत्वमा एक कार्य समिति समेत गठन गरेको छ । समितिमा संयोजक शिवहरि देवकोटा, सचिव गणेश चन्द्र देवकोटा, कोषाध्यक्ष नयन देवकोटा सर्वसहमतिबाट चयन भएका समितिका संयोजक शिवहरि देवकोटाले बताए ।
भेलामा सुरेन्द्र देवकोटा, रामचन्द्र देवकोटा, रामशरण देवकोटा, पुरुषोत्तम देवकोटा, पशुपति देवकोटा लगायतका व्यक्तित्वहरुको उच्च सहभागिता रहेको थियो ।
भेलाले दुखी तथा असहाय व्यक्ति तथा परिवारलाई सहयोग तथा विभिन्न किसिमका सामाजिक कार्य एवं सामाजिक उत्तरदायित्वका कार्यहरु गर्ने निर्णय समेत गरेको छ । भेला पुनः आगामी पुस तेस्रो साता शनिबार बस्ने निर्णय भएको संरक्षक चेतनाथ देवकोटाले बताए ।