काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले रकेट आक्रमण गर्दा त्यहाँ रहेका केही नेपाली पनि घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले ९ जना जना नेपाली घाइते भएको जनाइको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । सो स्थानमा १४ जना नेपाली रहेकोमा ९ जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्रले जनाएको छ ।
परराष्ट्रले आक्रमण क्षेत्रमा रहेका नेपाली र घाइते नेपालीको उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ । आज बिहानै हमासले इजरायलका विभिन्न शहरमा ५ हजार रकेट प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कम्तिमा ४० जना इजरेली नागरिकको मृत्यु भएको समेत बताइएको छ । ५०० घाइतेसमेत भएका छन् ।
हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री वेन्जामिन न्यतन्याहुले युद्धको घोषणा गरेका छन् । इजरेली लडाकु विमानले हमासको नियन्त्रणमा रहेको गाजामा हवाइ आक्रमण गरेको जनाइएको छ ।