काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीमध्ये केही व्यक्ति हताहत भएको आशंका गरेका छन् । उनले इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको जानकारी संसद्लाई दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकलाई इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिने क्रममा मन्त्री साउदले त्यहाँ रहेका नेपालीको अवस्था यकिन गर्न र उद्दार गर्नका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिए ।