काठमाडौं । इजरायलमा रहेका नेपालीहरुमध्ये ३५० जनाले नेपाल फर्किनका लागि निवेदन दिएका छन्। रोजगारी तथा अध्ययका लागि इजरायल पुगेका नेपालीहरु हमासको आक्रमणपछि नेपाल फर्किन निवेदन दिएका हुन्। सरकारले नेपाल फर्किन तथा उद्धार हुन चाहनेका लागि अनलाइन रजिष्ट्रेशनमार्फत् विवरण माग गरेको थियो। जसमा ३५० जनाले निवेदन दिएका छन्।
इजरायलस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका ५५ जना नेपालीहरुलाई इजरायली सुरक्षा संयन्त्रको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई पनि सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ।