काठमाडौं । इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छन् । कञ्चनपुरकाे भीमदत्त नगरपालिका -३ का जोशी अहिले अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् । शनिबारदेखि बेपत्ता रहेका उनी आज सम्पर्कमा आएका बताईएको छ । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि जोशीको परिवार चिन्तामा डुबेको थियो ।