काठमाडौं । टि–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गरिएको त्रिकोणात्मक सिरिज मुलपानी क्रिकेट मैदानमा आजबाट सुरु भएको छ।
नेपाल, हङकङ र यूएईबीचको सिरिजको उद्घाटन खेलमा अहिले नेपाल र यूएई प्रतिस्पर्धा गरिरहेका छन्। मुलपान क्रिकेट मैदानमा राष्ट्रिय झण्डासहित उपस्थित भएका दर्शकले नेपाली टिमको हौसला बढाइरहेका छन्।