एजेन्सी । भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले बताएको छ।
कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भयो।
अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो। अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए।
यो घटना आतङ्कवादी समूह हमासका पूर्वप्रमुख खालिद मसालले गाजामा इजराइली सैन्य हमलाका बीच प्यालेस्टिन समर्थक प्रदर्शनलाई सम्बोधन गरेको एक दिनपछि भएको हो।