काठमाडौं । भारतलाई हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। गुजरातको नरेन्द्र मोदी स्टेडियममा आइतबार बेलुका सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो।
भारतले दिएको २४१ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। यो सँगै अस्ट्रेलियाले सबैभन्दा बढी छैटौँ पटक उपाधि चुमेको छ। अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।