काठमाडौं । इसराइली डिफेन्स फोर्स (आईडीएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको भिडियो सार्वजनिक गरेको छ । आईडीएफले ट्वीटरमा भिडियो राख्दै ७ अक्टोबर २०२३ मा भएको सामूहिक हत्याकाण्ड भएको दिनको भिडियो सार्वजनिक गरेको छ ।
विहान १० बजेर ४२ मिनेट देखि ११ बजेसम्मको समयको भएको उल्लेख गरिएको छ । इजरायलबाट हमासले नियन्त्रणमा लिएका व्यक्तिहरुलाई उक्त अस्पतालमा राखिएको इजरायल डिफेन्स फोर्सले जनाएको छ । भिडियोमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य देखिन्छ ।
भिडियोमा एक जनालाई डोहोर्याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ । आईडीएफले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने खुलाएको छैन ।
गाजाको स्वास्थ्य मन्त्रालयले भने उक्त भिडिओको आधिकारिकताबारे प्रमाणित नहुन सक्ने बताएको न्युयोर्क टाइम्सको समाचारमा जनाइएको छ ।