एजेन्सी । हमासका कब्जामा रहेका बन्धकलाई रिहा गर्ने सर्तमा इजरायल छोटो अवधिका लागि युद्ध रोक्न सहमत भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल बन्धकलाई घर फर्काउन ४ दिनका लागि युद्धविराम गर्न तयार भएको हो। इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्ने सम्झौता भएको छ।
बन्धक छाड्ने विषयमा सम्झौताका लागि इजरायल र हमासबीच कतारले मध्यस्थता गरिरहेको छ। कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ बन्धक छाडिसकेको छ।
इजरायली मन्त्रिपरिषद् बैठकले बन्धक छाड्ने र युद्ध विराम गर्ने सम्झौताको प्रस्ताव स्वीकृत गरिसकेको छ।