एजेन्सी । इजरालले गाजामा गरेको हवाइ आक्रमणमा परी करिब ६ प्यालेस्टिनीको मृत्यु भएको छ। शुक्रबार बिहान भएको हवाईं आक्रमणमा परी गाजाको दक्षिणी क्षेत्रमा रहेको रफाह सहरमा करिब ६ प्यालेस्टिनीको मृत्यु भएको हमासको अधीनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
गाजाको उत्तरी क्षेत्रमा भएको हावइ आक्रमणमा २ बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ। हमासले युद्धविरामको सम्झौता भंग गरेको आरोप लगाउँदै इजराली सेनाले हवाइ आक्रमण सुरु गरेको थियो।