काठमाडौं । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरिएको चौँथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नं. १ उदिपूर को टिमले हात पारेको छ । सहजी खेल मैदानमा आइतबार भएको फाइनल खेलमा वडा नं. १ उदिपूरले वडा नं. १० लाई ३–२ गोल अन्तरले हराउँदै चौँथो मेयर कप २०८० वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो ।
बेसीशहर १० बाँझाखेतले भने उपविजेतामा चित्त वुझाएको छ । विजेता वडा नं. १ उलिपूरलेले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । उपविजेता वडा नं. १० ले नगद ५० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।
विजेता टिमलाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ, नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठ लगायतले पुरस्कार, मेयर कप, ट्रफी, प्रमाणपत्र, मेडल वितरण गरेका थिए । प्रतियोगितामा बेसीशहर १० का रविन तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।