एजेन्सी । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राका अनुसार उक्त क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । इजरायली सेनाले भने आक्रमणको रिपोर्टको संकलनकाे क्रममा रहेकाे बताएकाे छ ।
हमलामा घाइते भएका दर्जनौँ मानिसलाई माघाजी नजिकै रहेको अल-अक्सा अस्पतालमा लगिएको छ । सार्वजनिक भएको फुटेजमा धेरै बालबालिकाको शव रगतले लतपतिएको देखिन्छ ।
प्रवक्ताका अनुसार आक्रमणमा एक घना जनसंख्या भएको आवासीय ब्लक ध्वस्त भएको छ । यसैबीच इजरायली र अरब मिडियाका अनुसार इजिप्टले इजरायल र हमासबीच युद्धविरामका लागि नयाँ प्रस्ताव गरेको छ ।