एजेन्सी । सोमालियाको तटीय क्षेत्रमा १५ जना भारतीय सवार कार्गो जहाज अपहरणमा परेको छ। भारतीय नौसेनाका अनुसार बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको हो।
नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रवार बताएका छन्। सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन्।