काठमाडौं । दोस्रो १ दिवसीय खेलमा क्यानडालाई ४ विकेटले हराउँदै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा पूरा गरेको छ । नेपालका लागि रोहित पौडेलले ८६, देव खनालले ७६, अनिल साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रन बनाए ।
क्यानडाका लागि हर्स ठाकुर र ईश्वरज्वत सोनीले २–२, साद विन जाफर र दिलप्रित बज्वाले १–१ विकेट लिएका छन् । यसअघि ब्याटिङ गरेको क्यानडले ९ विकेटको क्षतिमा २८५ रन बनाएको छ । क्यानडाका लागि आरोन जोनसनले ६५, नवनीत धलिवालले ४६, श्रेयस मोभ्वाले ४० र प्रगत सिंहले ३८ रन बनाएका छन् ।
नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले २–२ तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १–१ विकेट लिएका छन् । यस जीतसँगै नेपालले शृंखला जितेको छ । यसअघि बिहीबार भएको पहिलो खेल ७ रनले जितेको थियो ।