काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका ११ चिति तिलाहरमा भएको ‘चौथौ चिति तिलाहार कप’ फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै जितेको छ ।
सोमबार आयोजक चिति युवा क्लव र नवज्योती युवा क्लव माझगाउँ दोर्दीविच भएको फाइनल खेलमा १ का विरुद्ध २ गोल गर्दै आयोजक टिमले प्रतियोगिता जितेको हो ।
सेमिफाइनल खेलमा आयोजकले मनकामना भकुण्डेलाई हराएर फाइनलमा पुगेको हो भने समाजसेवालाई हराउदै नवज्योती माझगाउँ फाइनलमा प्रवेश गरेको हो ।
विजेता आयोजकले प्रथम पुरस्कार नगद ८० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता नवज्योतीले नगद ४० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा आयोजक चिति युवा क्लवका शुभम् गुरुङले उत्कृष्ट गोलरक्षक, समाजसेवा युवा क्लव रामचोकबेसीका सन्दिप रिमालले सर्वाधिक गोलकर्ता र नवज्योती माझगाउँका सुदिप क्षेत्रीले उत्कृष्ट खेलाडीको उपाधि हात पारेका छन् । तिनै जना खेलाडिलाई पुरस्कार स्वरुप दुई÷दुई हजार नगद सहित, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक चिति युवा क्लवका सचिव रवी दुलालले जानकारी दिए ।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई बेसीशहर नगरप्रमुख गुमानसिहं अर्यालले पुरस्कार वितरण गरेका छन् । आयोजक क्लवका अध्यक्ष शुशिल थापाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा बेसीशहर ११ का वडा अध्यक्ष शिवप्रसाद जोशी, पुर्व वडा अध्यक्ष अच्युतबावु बगाले नेकपा एमाले बेसीशहर नगरकमिटि अध्यक्ष राजकुमार विष्ट, लमजुङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरत विष्ट लगायतका क्लवका सहयोगी तथा स्थानीयहरुको उपस्थिति थियो । कार्यक्रमका सञ्चालन क्लवका सदस्य भुपाल बहादुर कुँवरले गरेका थिए ।
युवा एकता नै बल हो, अनुशासन लगनिशिल, ग्रामिण विकास लागि युवाहरुको आवश्यकता भन्ने नाराका साथ बेसीशहर नगरपालिका वडा नं. ११ स्थित चिति युवा क्लवले फागुन १ गतेबाट सेभन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा २२ टिम सहभागि भएका थिए ।