काठमाडौं । त्रिदेशीय टी-२० आई खेलमा नेपालले पहिलो जित दर्ता हात पारेको छ। टियु क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १८० रन बनायो। नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले ३७ बलमा ४ छक्का र १ चौकासहित ५५ रन बनाए। त्यस्तै आरिफ शेखले ३१ रन, गुल्शन झाले २६ रन, अनिल साहले २३ रन, दीपेन्द्र सिंह ऐरीले १६ रन र रोहित पौडेलले १० रन बनाए।
जवाफी ब्याटिङ गरेको नामिबिया निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १७७ रनमात्र बनाउन सक्यो। नामिबियाका लागि जेजे स्मितले सर्वाधिक ५० रन बनाए। त्यस्तै ज्यान फ्रिलिङ्कले ३७, जेपी कोट्जले २५ र रुबेन ट्रुम्पलेम्यानले १४ रन बनाउँदा जेन ग्रिन २३ रनमा अविजित रहे।
जितसँगै नेपालले फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ। समान ३ खेलमा नेपाल र नामिबियाको २-२ अंक रहेको छ भने नेदरल्यान्ड्स दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ।
नेपालले शनिबार नेरदल्यान्ड्ससँग अन्तिम खेल खेल्दैछ।