काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजको फाइनलमा मंगलवार नेपाल र नेदरल्यान्ड्स भिडने भएका छन् । अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहदैँ फाइन प्रवेश गरेको हो ।
नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाको कारण रद्द भएपछि अंकको आधारमा नेदरल्यान्ड्स फाइनल प्रवेश गर्न सफल भयो । यससँगै फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल भने लगातार दुई खेल जित्दैँ फाइनल पुगेको हो ।