चितवन । चितवनको भरतपुरमा ‘तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०’ हुने भएको छ ।
भरतपुर भम्रण वर्ष २०२४ को अवसर पारेर साइकल सिटीको रुपमा भरतपुरलाई विकास गर्न प्रतियोगिता गर्न लागेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य एवंम् कार्यक्रम संयोजक सन्तुकुमार दरैले जानकारी दिए ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगरको प्रवद्र्धकमा प्रतियोगिता भरतपुरमा चैत १० गते बिहान ८ बजे भरतपुरको पुन्यवती ताल गणेशधाममा हुनेछ भने गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्र प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा यहि चैत ९ गते बिहान ७ बजे प्रतियोगिताको पहिलो दिन बृहत् साइकल ¥याली र दोश्रो दिन तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८० शुरु हुने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा १ सय जना बढी खेलाडीहरुको सहभागीता हुने अपेक्षा आयोजकको छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडको सहयोग तथा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग रहेको छ ।
साइक्लिङ प्रतियोगितामा ४ किलोमिटरसम्मको रेस र्कोषमा डेढ घण्टा रेस हुने आयोजकले जनाएको छ । जसमा प्रतियोगिले ७ देखि ८ पटकसम्म परिक्रममा गर्नेछन् । प्रतियोगितामा पुरुष एलाईट, महिला एलाईट, मेन मास्टर, जुनियर मेन र महिला पुरुष चितवन विशेष विधा रहेका छन् ।
प्रतियोगितामा पुरुष एलाइट तथा महिला एलाइटतर्फको विधामा १७ बर्ष भन्दा माथिका महिला तथा पुरुषले सहभागिता जनाउने पाउनेछन् । मेन मास्टर विधामा ४० बर्ष भन्दा माथिका जुनियर मेन विधामा १७ र १८ बर्षमा र महिला पुरुष चितवन विशेष विधा रहेको कार्यक्रम संयोजक सन्तुकुमार दरैले बताए ।
प्रतियोगितामा पुरुष र महिला एलाइटमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् भने मेन मास्टरमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, जुनियर मेनमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र र महिला पुरुष चितवन विशेष विधामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए ।
बृहत् साइकल र्याली नारायणी नदी किनारबाट शुरु भइ आँटारी, केन्द्रीय बसपार्क, हाकिमचोक, चौविसकोठी, सहिदचोक, पुलचोक हुँदै पुन नारायणी नदी किनारमा पुगेर सकिने सहसंयोजक श्रेष्ठले बताए ।
क्यान्सर पीडितहरुलाई सहयोग गर्न, युवाहरुलाई साइक्लिङमा प्रोत्साहन गर्न तथा चितवनमा यस खेलका प्रतिभा पहिचान गर्नका लागि हरेक बर्ष प्रतियोगिता आयोजना गरिरहेको प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेनु दाहालले बताइन् ।
हरेक बर्ष साइक्लिङ खेलालाई प्रवद्र्धन हुने लक्ष्यका साथ प्रज्ञा स्मृतिले साइक्लिङ विधामा विभिन्न प्रतियोगिता गराउँदै आएको छ । गत वर्ष मात्रै यहाँ प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन सम्पन्न गरिसकेको थियो ।